News

ट्रम्पको पहिलो निर्णयले नेपालीमाथि बज्रपात

ट्रम्पको पहिलो निर्णयले नेपालीमाथि बज्रपात
माघ – ११ । नवनियुक्त अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षित गर्भपतन गराउने र त्यससम्वन्धी सूचना दिने गैरसरकारी संस्थाहरुलाई दिने सहयोगमाथि प्रतिवन्ध लगाएका छन् । राष्ट्रपतिको पदभार सम्हालेको पहिलो दिन सोमबार ट्रम्पले कार्यकारी आदेश जारी गरेका हुन् । स्वास्थ्य क्षेत्रमा अमेरिका विश्वकै ठूलो दातृ निकाय हो । उसले अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग यूएस एआईडीमार्फत मात्र ३ अर्ब डलर खर्च गर्दै आएको थियो । उनको सहयोग प्रतिबन्धले श्वास्थ्य काम गरिरहेका हजारौँ संस्थाहरुलाई आउने रकम बन्द हुने छन् । यसको प्रत्यक्ष असर नेपालमा देखिने भएको छ । ट्रम्पको यो निर्णयले सुरक्षित गर्भपतनसम्वन्धी कार्यका लागि आइरहेको १ करोड डलर सहायता कटौती हुने अन्तर्राष्ट्रिय परिवार नियोजन महासंघले जनाएको छ । राष्ट्रपति ट्रम्पको यो आदेशले सुरक्षित गर्भपतनका लागि क्रियाशील नेपाल परिवार नियोजन संघ पनि प्रभावित हुने भएको छ । संघले संचालन गरेकासामुदायद्वारा सञ्चालित क्लिनिक, स्वास्थ्य शिविर गर्न बन्द हुने छन् । साथै परिवार नियोजन संघमा आवद्ध डाक्टर, नर्सका साथै स्वास्थ्य विशेषज्ञले जागिर पनि गुमाउनेछन् ।

Donad Trump

विशेष