प्रवास News

प्रमको घोषणाः रोजगारीका लागि भारत जान अनुमती लिनु पर्ने, वैदेशिक रोजगारीमा मृत्यु भए २० लाखसम्म क्षतिपुर्ति

प्रमको घोषणाः रोजगारीका लागि  भारत जान अनुमती लिनु पर्ने, वैदेशिक रोजगारीमा मृत्यु भए २० लाखसम्म क्षतिपुर्ति
माघ - ११ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि विशेष सुविधासहितको योजना सार्वजनिक गरेका छन् । उनले वदैशिक रोजगारमा रहेका नेपाली युवाहरुको बिमा र अन्य सुविधाबारेमा मङ्गलबार पत्रकार सम्मेलन गरी महत्वपूर्ण घोषणा गरेको हुन् । प्रधानमन्त्री प्रचण्डले १५ बुँदे कार्यक्रम सार्वजनिक गर्दै भारत जाने सबै बालिग नागरिकको अनिवार्य बिमा गर्नुपर्ने नयाँ व्यवस्था गरेका छन् । रोजगारीका लागि भारत जान पनि अब सरकारसँग अनुमति लिनु पर्ने भएको छ । प्रधानमन्त्री प्रचण्डले भारतलाई बैदेशिक रोजगारीमा राख्दै नयाँ व्यवस्था घोषणा गरेका हुन् । सरकारले रोजगारीका लागि भारतमा जाने कामदारहरुका लागि पनि पहिलोपटक जीवन बिमा अनिवार्य गर्ने निर्णयसमेत गरेको छ । नयाँ व्यवस्था अनुसार भारतमा रोजगारी गर्न जाने नागरिकलाई वैदेशिक रोजगारको लागि अन्य देश जाने नागरिकसरह घातक रोगवापत ५ लाख, जीवन बिमावापत ७ लाख ५० हजार रुपैयाँ र बोर्डबाट अधिकतम् १ लाख ५० हजार रुपैयाँसहित जम्मा १४ लाखसम्म राहत तथा क्षतिपूर्ति दिने व्यवस्था गरिएको छ । साथै वैदेशिक रोजगारमा गएका नेपालीहरुको हालको १० लाख रुपैयाँको जीवन बिमा रकमलाई दोब्बर बनाएर २० लाख र्पुयाइएको घोषणा प्रधानमन्त्रीले गरेका छन् । यो व्यवस्था आगामी फागुन १ गतेबाट लागू गर्ने तयारी सरकारले गरेको छ ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ वैदेशिक रोजगारी

विशेष