शेयर

सेयर बजार २५ अंकले ओरालो

सेयर बजार २५ अंकले ओरालो
माघ - ११ । धितोपत्र बजारमा मंगलबार पनि दोहोरो अङ्कले कमी आएको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार केही दिनयता स्थिरजस्तो देखिएको सेयर बजार करिब २५ अङ्कले ओरालो लागेर एक हजार ४३३ बिन्दुमा आइपुगेको छ । कुल १३० कम्पनीको आठ लाख ५३ हजार ४६० कित्ता सेयर रु ३८ करोड ५७ लाख १० हजार ६७६ मूल्यमा किनबेच भएको छ । सबै समूहको सेयर ओरालो लागेपछि बजार दोहोरो अङ्कले घटेको हो । स्टकका अनुसार बैंकिङ २५.९, होटल १२.३२, विकास बैंक २०.१५, जलविद्युत् ३०.४४, फाइनान्स १८.४१, बिमा १४०.७४ र अन्य समूहको सेयर ६.६५ अङ्कले ओरालो लागेको हो । बजारमा सबैभन्दा बढी प्रभु बैंकको साधारण सेयरको किनबेच भएको स्टकले जनाएको छ । सो बैकको तीन करोड १८ लाख बराबरको सेयर कारोबार भएको छ । यस्तै एसियन लाइफ संस्थापकको दुई करोड ३५ लाख र प्रभु बैंक संस्थापकको एक करोड ५७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

share bajar

विशेष