News

सगरमाथाको उचाइबारे भारतले अध्ययन गर्ने

सगरमाथाको उचाइबारे भारतले अध्ययन गर्ने
माघ - ११ । २०७२ वैशाख १२ को भू्कम्पका कारण सर्वोच्च शिखर सगरमाथाको उचाइमा परेको असरबारे भारतले अध्ययन गर्ने भएको छ । सगरमाथामा आएको धरातलीय परिवर्तनको मापन गर्न भारतले दुई महिनाभित्र प्राविधिक टोली सगरमाथामा पठाउने घोषणा गरेको हो । सगरमाथाको मापनका लागि आवश्यक अनुमति लिइसेको जानकारी भारतका महासर्वेक्षक स्वर्ण सुब्बाले भारतीय सञ्चारमाध्यमलाई दिएका छन् । भू–उपग्रहको तथ्यांकले भूकम्पका कारण सगरमाथाको उचाइमा असर परेको देखाएको छ । वैज्ञानिकहरुले गएको वर्षको ७ दशमलव ८ म्याग्निच्युटको भूकम्पले सगरमाथाको उचाइ झण्डै १ मिटर घटेको अनुमान गरेका छन् । भारतले भूकम्पले सगरमाथाको उचाइमा असर गरे नगरेको बारे अध्ययन गर्ने छ । ६२ वर्षअघि भारतले गरेको सर्वेक्षणपछि नै सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर रहेको घोषणा भएको थियो ।

सगरमाथा

विशेष