विदेश

एक सात वर्षिया सिरियाली बालिकाले लेखिन् ट्रम्पलाई यस्तो मार्मिक पत्र

एक सात वर्षिया सिरियाली बालिकाले लेखिन् ट्रम्पलाई यस्तो मार्मिक पत्र

माघ १२ । सिरियाको अलेप्पोकी सात वर्षिय बालिका बना अलाबेदले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई एक पत्र लेखि सिरियाली बालबालिकाका लागि केही गर्न आग्रह गरेकी छन् । अलेप्पो बालिकाका नामले चिनिएकी अलाबेदले अलेप्पोबाट ट्वीट गरेका म्यासेजहरुपछि उनी विश्वभर परिचित बनेकी छन् ।

अलाबेदले ट्रम्पलाई सिरियाली बालबालिका पनि उनका बालबालिका जस्तै भएको र उनीहरुलाई पनि शान्ति चाहिने लेखेकी छन् । आफ्ना केही साथीहरु पनि मारिएको भन्दै अलाबेदले अलेप्पो अहिले मृत शहर जस्तै भएको उल्लेख गरेकी छन् । सिरियाली बालबालिकाका लागि ट्रम्पले केही गर्ने बाचा गरे उनी आफ्नो नयां साथी हुने उनको पत्रमा उल्लेख छ ।

गत डिसेम्बरमा द्धन्द्धग्रस्त अलेप्पोबाट स्थानीयलाई निकालिने क्रममा अलाबेद पनि आफ्नो परिवारसंग बाहिरिएकी थिइन् । उही अहिले टर्कीमा छिन् । अमेरिकी राष्ट्रपति ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसंग मिलेर काम गर्ने बताइसकेका छन् । पुटिनले सिरियाली राष्ट्रपति बशार अल असादलाई समर्थन र सहयोग गर्दै आएका छन् ।

Siriya Siriya war

विशेष