मदिरा र महिला भनेपछि हुरुक्कै हुने मन्त्री कार्कीको रोजाईमा भ्रष्ट
माघ १२ । रेडियो नेपालको कार्यकारी निर्देशकको चारबर्षे कार्यधकाल मंसिर १८ गते सकिएपछि पुनः चारवर्षे कार्यकालका लागि दौडधुप गरिरहेका सुरेशकुमार कार्कीको मोबाइलमा गत सोमबार मन्त्रिपरिषेको बैठक सकिनासाथ घण्टी बज्यो । कार्कीले फोन उठाए । उताबाट महिलाको आवाज आयो, आज पनि तपाईको नाममा निर्णय हुन सकेन ।
मन्त्रीज्युले तपाईको नाममा निर्णय हुन सकेन भने राजीनामा दिन्छु भन्नु भएको छ । ढुक्क हुनुहोस् अर्को बैठकमा हुन्छ होला । नभन्दै गत बिहिबारको मन्त्रीपरिषद्को बैठकले कार्कीलाई कार्यकारी निर्देशकमा नियुक्ति गर्यो । राजकिशोर यादव सञ्चारमन्त्री भएका बेला चारबर्षे कार्यकलका लागि नियुक्ति भएका कार्कीको चारबर्षे कार्यकाल सकियो भनेर अब भ्रष्ट कार्की हट्ने भए भनेर खुसी मनाएका रेडियो नेपालका कर्मचारीहरु अहिले कार्की फेरि नियुक्ति भएपछि खिन्न भएका छन् । पदका लागि जस्तोसुकै हर्कत गर्न पनि बाँकी नराख्ने कार्की यसबीचमा माओवादी कोटाबाट मन्त्री बन्न आएका नेताहरुलाई बढीनै प्रयोग गरेका थिए । उनलाई कार्यकारी बनाउन माओवादी केन्द्रकी नेत्री पम्फा भुसाल बढी नै लागि परेकी छन् ।
अहिलेको मन्त्रिपरिषदमा माओवादी कोटामा जानेमध्ये काम गर्न सकेन भनेर आलोचित दुई, तीनजनामध्ये सञ्चारमन्त्री कार्की पहिलो नम्बरमा पर्छन । गफल मात्रै गर्ने, काम गर्दोरहेनछ भनेर प्रधानमन्त्री दाहालले पनि भन्न थालेको बताइन्छ । त्यही कारण पनि कमल थापाले सरकारमा लगेर उपप्रधान तथा सञ्चारमन्त्री दिने र कार्कीलाई फिर्ता बोलाउने कुरा बाहिर आएको थियो । मदिरा र महिला भनेपछि हुरुकै हुने मन्त्री कार्कीर्ला हात लिन सुरेशले केही समय अघि मुलुकका विभिन्न स्थान घुमाएका थिए । –बुधबार साप्ताहिकबाट