विदेश

आफ्नो विरोध गर्नेलाई अमेरिका प्रवेशमै रोक लगाए ट्रम्पले

माघ १२ । अमेरिकी राष्ट्रपति ट्रम्पका विरोधीहरूलाई पोर्ट अफ इन्ट्रीबाटै फिर्ता पठाउन थालिएको छ । ट्रम्पविरोधी रहेको थाहा पाए अमेरिका प्रवेशमै रोक लगाएर उनीहरूलाई फर्काउन सुरू गरिएको हो । अमेरिका प्रवेश गर्न चाहने क्यानाडा, फ्रान्स र बेलायतका नागरिकले भिसा लिनु पर्देन । तर, अहिले उनीहरूलाई पोर्ट अफ इन्ट्रीमै रोक्न थालिएको सीबीसी समाचारले जनाएको छ । जसका अनुसार बेलायती नागरिक जो क्रोसेलाई अमेरिकी अधिकारीहरुले अमेरिका छिर्न रोकेका छन् ।

२३ बर्षका जोको फोन र मेसेजहरु चेक गरेर ट्रम्पविरोधी रहेको थाहा पाएपछि उनलाई अमेरिका प्रवेश गर्नबाट रोकिएको थियो । उनको औंठाछाप र तस्विर लिएर पोर्पट अफ इन्ट्रीबाटै फिर्ता पठाइएको थियो । यसैगरी क्यानाडा मन्ट्रियलका जोसेफ डेकुन्हा र सासा डायकलाई पनि अमेरिकी अधिकारीहरुले ट्रम्पविरोधी रहेको थाहा पाएपछि अमेरिका छिर्नबाट रोकेका छन् ।

दुईजना अमेरिकी साथीसँग अमेरिका छिर्न लागेका डेकुन्हा ट्रम्पविरोधी रहेको थाहा पाएपछि अमेरिका छिर्न दिइएको थिएन । यसरी ट्रम्पविरोधीहरूलाई छानी छानी अमेरिका प्रवेश गर्न रोक लगाइएकोमा अधिकारवादीहरूले विरोध गरेका छन् । आस्थाका आधारमा प्रवेश गर्न दिने वा नदिने कुरा मानवताविरोधी कुरा भएको उनीहरूले बताएका छन् ।

विशेष