विदेश

मोदीलाई ट्रम्पले दिए अमेरिका भ्रमणको निम्ताे

मोदीलाई ट्रम्पले दिए अमेरिका भ्रमणको निम्ताे

माघ १२ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई अमेरिका भ्रमणका लागि निमन्त्रणा गरेका छन् ।

मोदीलाई ट्रम्पले ‘यही वर्षभित्र’ अमेरिका आउन आग्रह गरेको दुईजनाका बीचमा भएको टेलिफोन वार्तापछि अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जनाएको छ ।

टेलिफोन वार्ताका क्रममा राष्ट्रपति ट्रम्पले विश्वका चुनौतीहरु सामना गर्न भारतलाई असल साथी र साझेदारका रुपमा लिएको बताएका थिए ।अमेरिका र भारतको आर्थिक तथा सुरक्षा चासोका विषयमा मिलेर काम गर्ने बारेमा समेत उनीहरुले छलफल गरेको ह्वाइट हाउसले जनाएको छ ।

प्रधानमन्त्री मोदीले गत नोभेम्बरमा भएको निर्वाचनबाट राष्ट्रपतिमा निर्वाचित भएकोमा ट्रम्पलाई बधाई दिँदै उनको भारतप्रतिको मित्रभावलाई स्वीकार गरेका थिए ।

Narendra modi

विशेष