News

अनुराधालाई भारतले पद्म श्रीले सम्मान गर्ने

अनुराधालाई भारतले पद्म श्रीले सम्मान गर्ने
माघ – १२ – माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालालाई भारतले पद्मश्री पुरस्कारबाट सम्मान गर्ने भएको छ । गणतन्त्र दिवसको अवसरमा भारतले सो सम्मान दिने भएको हो । भारत सरकारले गणतन्त्र दिवसको पद्म विभुषण, पद्म भुषण, पद्म श्री पुरस्कारले सम्मान गर्दै आएको छ । पद्म श्री सम्मान पाउनेहरुको सूचीमा उनको नाम ८९ औँ नम्बरमा रहेको छ । सीएनएन हिरोसमेत रहेकी कोइरालालाई समाज सेवाका लागि यो सम्मान दिन लागेको सूचीमा उल्लेख छ । विदेशीबाट उनीबाहेक थाइल्याण्डकी राजकुमारीले पद्म भुषण सम्मान पाउने छिन् । यस वर्ष सात जनालाई पद्म विभुषण, सात जनालाई पद्म भुषण, पद्म श्री ६५ जनालाई दिइँदैछ ।

अनुराधा कोइराला

विशेष