विदेश

ट्रम्पद्धारा मेक्सिको सीमामा पर्खाल लगाउन र अवैध आप्रवासिलाई देश निकाला गर्न आदेश

ट्रम्पद्धारा मेक्सिको सीमामा पर्खाल लगाउन र अवैध आप्रवासिलाई देश निकाला गर्न आदेश

माघ १३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र मेक्सिकोको सिमाक्षेत्रमा पर्खाल लगाउन कार्यकारी आदेश जारी गरेका छन् । ट्रम्पले मेक्सिकोको सिमाक्षेत्रमा पर्खाल लगाउन, सिमा सुरक्षा बल बढाउन र कागजपत्रविहिन आप्रवासीलाई देशनिकालाको संख्या बढाउन आदेश दिएका छन् ।

ट्रम्पको यो आदेशलाई अमेरिकी अध्यागमनलाई नयाँ स्वरुप दिने ट्रम्प यात्राको पहिलो कदमका रुपमा हेरिएको छ । ट्रम्पले अमेरिका मेक्सिको सिमाक्षेत्रमा पर्खाल लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गर्दै आफूले सिमा सुरक्षाका लागि यो कदम उठाएको बताएका छन् । इमिग्रेशन मामिला हेर्ने मुख्य निकाय होम ल्याण्ड सेक्युरिटीजको भ्रमणका अवसरमा डोनाल्डले यो कार्यकारी निर्देशनमा हस्ताक्षर गरेका हुन् । अमेरिकालाई सुरक्षित बनाउन यो कदम चालिएको राष्ट्रपतिको दाबी छ । होमल्याण्ड सेक्युरिटीजलाई बढी जनशक्ति साधनस्रोत सम्पन्न बनाई गैरकानुनी रूपमा बस्ने विदेशी माथि कडाई गरिने छ ।

सिमाक्षेत्रमा पर्खाल लगाउने काम केही महिनामा नै सुरु हुने बताइएको छ । तर यो बृहत परियोजना भने तत्कालै लागु हुने ट्रम्पले बताएका छन् । डोनाल्ड ट्रम्पले आगामी दिनमा अमेरिकामा शरणार्थीको प्रकृयालाई कडा बनाउनुका साथै कैयन देशबाट भिसाको प्रकृयालाई पनि कडा बनाउने जनाइएको छ । ट्रम्पले बुधबार हस्ताक्षर गरेको कार्यकारी आदेशमा अमेरिका र मेक्सिकेको सिमाक्षेत्रमा भलण्डै ३२ सय किलोमिटर लामो पर्खाल निर्माणको आदेश दिइएको छ ।मेक्सिको मा पर्खाल लगाउन ५८ मिलियन डलर लाग्ने बताईएको छ । तर सो रकम मेक्सिकोबाट पनि भराउने कोसिस भए पनि मेक्सिकोले मानेको छैन । मेक्सिकोबाट बर्षेनी १० लाख आप्रबासी अमेरिका भित्रने गरेको तथ्यांक छ ।

ट्रम्पको कार्यकारी आदेशसँगै अब सिमा क्षेत्रमा सुरक्षा कडा बनाउन बोर्डर पेट्रोलका ५ हजार र आइसका १० हजार नयाँ अधिकारीहरु थपिने जनाइएको छ ।

अमेरिकामा करिब १ करोड १० लाख कागजात विहिन बसोबास गर्दै आएको तथ्याङ्क छ । यसमा केही हजार नेपालीपनि पर्छन । जसमा ४० लाख अपराधिक गतिविधिमा संलग्न रहेको तथ्यांक छ

अमेरिका मेक्सिको सीमामा महिना भित्रै पर्खाल लगाउन तत्काल केन्द्रीय कोष फेडरल फण्डवाट पर्खाल निमार्ण सुरु गरिने जनाईएको छ । निर्देशनमा सीमा क्षेत्रमा हिरासतमा राख्ने जेल राखिने र डिर्पोटेशन बढाउने र समाप्ने र छाड्ने कार्यलाई रोकिने उल्लेख भएको ट्रम्पले बताएका छन् ।

यी कार्यकारी निर्देशनमा हस्ताक्षर गरेपछि डोनाल्डले भने यसले यसले हज्जारौं हजारको को जीवन र अरर्बौ अरब डलर सुरक्षित हुने छ । गैरकानुनी रूपमा बस्ने अपराध पनि गर्नेलाई डिर्पोटेशन पहिले देखिनै हुदैं आएको छ ।

यस अघिका राष्ट्रपति बाराक ओबामाको कार्यकालमा पनि गैरकानुनी अप्रावासीलाई वार्षिक औषत ४ लाखका दरले डिर्पोटेशन गरिएको थियो ।

राष्ट्रपति ट्रम्पका कार्यकारी निर्देशनमा सिरियाका शरणार्थीलाई प्रवेश नदिने उल्लेख छ । विश्वका अन्य देशबाट शरणार्थी ल्याउने कार्यक्रमलाई पनि हाललाई रोकेका छन् । प्रकृयाहरुका बारेमा विस्तृत मूल्याङ्कन गर्न १ सय २० दिनका लागि शरणार्थी कार्यक्रम रोकिएको जनाईको छ ।

Donald Trump

विशेष