News

यसरी मनायो भारतीय राजदुताबासले ६८ औ गणतन्त्र दिवस

यसरी मनायो भारतीय राजदुताबासले ६८ औ गणतन्त्र दिवस

भारतको ६८ औ गणतन्त्र दिवस भारतले आज मनाईरहेको छ । नेपालमा पनि भारतीय राजदुताबासले ६८औ गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ । दूतावासभित्रै गरिएको कार्यक्रममा भारत सरकारले नेपालका विभिन्न जिल्लाका अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई २० वटा एम्बुलेन्स र ४ वटा बस उपहार प्रदान गरेको छ ।
त्यसैगरी विभिन्न ६० वटा पुस्तकालयलाई पुस्तकसमेत प्रदान गरेको छ । कार्यक्रममा नेपालका लागि भारतीय राजदूत रणजीत रायले भारतको झण्डा फहराई भारतका राष्ट्रपति प्रणव मुखर्जीले गणतन्त्र दिवसका अवसरमा दिएको सन्देश पढेर सुनाएका थिए ।
भारतीय राष्ट्रपति मुखर्जीले दिएको सन्देशमा भारत र नेपालका जनताको आपसी मित्रता अझ बलियो हुने विश्वास व्यक्त गर्दै नेपालमा दीगो शान्ति, स्थायित्वमा जोड दिएका छन् ।
कार्यक्रममा भारती आवासिय विद्यालय र मोर्डन ईण्डियन इंग्लिस स्कुलका छात्र तथा छात्राहरुले सास्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा भारतीय सेनाका भूपू सैनिकका विधवा तथा शारीरिक रुपले अशक्त भूपू सैनिकलाई आर्थिक सहयोगसमेत गरिएको थियो । भारतिय राजदुत रञ्जित रेले ३ करोड ७५ लाखको चेक हस्तान्तरण गरेका थिए ।
भारतले हालसम्म नेपालका ७३ जिल्लाका विभिन्न संघसंस्थालाई ६ सय २ वटा एम्बुलेन्स, १ सय १८ वटा बस प्रदान गरिसकेको जनाएको छ ।   गणतन्त्र दिवसको कार्यक्रममा भारतीय उच्च अधिकारी, भारतीय समुदायका मानिसहरु स्कुल विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।

68th republic day Indian Embassy

विशेष