उमेर हद नहटाए स्ववियु निर्वाचनमा ने.वि संघले भाग नलिने

माघ १३ । नेपाली काँग्रेसको भातृ संगठन नेपाल विधार्थी संघले उमेरको हद तोकेर त्रिभवन विश्व विद्यालयले गम्भीर भूल गरेको आरोप लगाएको छ । बिहीबार रिपोर्टर्स क्लब नेपालमा नेपाल विधार्थी संघ जिल्ला कार्यसमिति काठमाडौंले पत्रकार सम्मेलन गरेर यस्तो आरोप लगाएको हो ।
ने.वि.संघका उपाध्यक्ष सागर परियारले मिश्रीत चुनाव प्रणाली र उमेरको हद तोकेर गरिने स्ववियू निर्वाचनमा ने.वि.संघले भाग नलिने र जबरजस्ती गर्न खोजे त्यसको प्रतिकारमा उत्रिने चेतावनी दिए । त्यस्तै अर्की उपाध्यक्ष उर्मिला थपलियाले विद्यार्थी हुनको लागि उमेर आवश्यक नभए जस्तै विद्यार्थी आन्दोलन र विद्यार्थीको हकहितको लागि काम गर्नको लागि पनि उमेर नचाहिने बताईन ।
ने.वि.संघ जिल्ला कार्यसमिति काठमाण्डौँका सभापति मनोज वैद्यले उमेर हद तोकेर त्रिभूवन विश्व विद्यालयले स्ववियू निर्वाचन गर्ने सपना देखेको छ भने त्यो दिवा सपना मात्रै हुने भएको बताए । उनले भने,‘यसो भन्दैमा हामी निवार्चनको विपक्षमा छैनौँ, हामी फागुण १४ गते तोकिएकै समयमा निर्वाचन हुनपर्छ भन्नेमा छौ,तथापि चुनावको तिमि घोषणा गर्दा कुनैपनि बिधार्थी संगठनहरूका प्रतिनिधिहरूलाई वैठकमा नराखेर विश्व विद्यालयले गम्भीर भूल गरेको छ।’
कार्यक्रममा मनिश सिजापतिले विधार्थीको भर्ना रोकेर विश्वविद्यालयले गर्न लागेको स्ववियू निर्वाचन विद्यार्थीको हितमा नहुने बताए ।
Nepal Student Union