विदेश

पर्खाल लगाउने अमेरिकाको निर्णय मेक्सिकोद्वारा अस्वीकार

पर्खाल लगाउने अमेरिकाको निर्णय मेक्सिकोद्वारा अस्वीकार
माघ - १३ । मेक्सिको र अमेरिकाको सिमानामा पर्खाल लगाउने अमेरिकाको निर्णय आफ्नो देशले अस्वीकार गरेको मेक्सिकोका राष्ट्रपति इनरिकी पेन निइटोले बुधबार बताएका छन्। उनले “कुनै प्रकारको पर्खालका लागि कुनै चलखेल हुन दिइने छैन” भनेका छन्। अमेरिकाले पर्खाल बनाउने निर्णयको खेद प्रकट गर्दै यसले अमेरिका र मेक्सिकोलाई विभाजित गर्ने ट्विटरमा राखेको भिडियो वक्तव्यमा उनले भनेका छन्। मेक्सिको र अमेरिकाको सिमानामा पर्खाल बनाउने निर्णयमा अमेरिकाका राष्ट्रपति ट्रम्पले बुधबार बिहानै हस्ताक्षर गरेपछि प्रतिक्रियास्वरुप मेक्सिकोका राष्ट्रपतिको यो वक्तव्य आएको हो मेक्सिको पर्खालमा विश्वास गर्दैन, यो अति नै भएको र मेक्सिकोले कुनै प्रकारको पर्खालका लागि सहयोग नगर्ने उनले आफ्नो व्यक्तव्यमा भनेका छन्।

America-Maxico

विशेष