विदेश

अफगानिस्तानमा चिसोको कारण २७ बालबालिकाको मृत्यु

अफगानिस्तानमा चिसोको कारण २७ बालबालिकाको मृत्यु
माघ–१३ । अफगानिस्तानमा अत्याधिक चिसो मौसमका कारण कम्तीमा २७ जना बालबालिकाको मृत्यु भएको छ । जाउजान प्रान्तको दार्जाब जिल्लामा चिसोले उनीहरुको मृत्यु भएको जिल्लाका गभर्नर रहमातुल्लाह हसारले बिहीबार जानकारी दिएका छन् । 'अत्याधिक चिसोका कारण निर्दोष २७ जना बालबालिकाको ज्यान गएको छ, हिमपातले गर्दा गाँउदेखि स्वास्थ्य केन्द्रसम्मको सडक सम्पर्कपनि बिच्छेद भएको छ,' हसारले बताए । हिमपात विगत केही दिनदेखि नै भइरहेको र कतिपय ठाउँमा ५० सेन्टिमिटरसम्म हिँउ जमेकोले हिँडडुल गर्न पनि धेरै गाह्रो भइरहेको छ । द्वन्द्वग्रस्त मुलुकको यस क्षेत्रमा खाद्य असुरक्षाको समस्या पनि उत्तिकै रहेको छ । संयुक्त राष्ट्रसङ्घको मानवता मामिला समन्वय कार्यालयले अफगानिस्तानी नागरिकलाई सहयोग गर्न आह्वान गरेको छ । अफगानिस्तानको तीन करोड जनसङ्ख्यामध्ये १५ लाख ७० जनता खाद्य असुरक्षामा रहेका छन् भने एक मिलियन बालबालिकामा कुपोषणको समस्या रहेको छ । रासस

अफगानिस्तान चिसो

विशेष