व्यापार

एउटै टोलबाट एक करोडको सुन्तला बिक्री

एउटै टोलबाट एक करोडको सुन्तला बिक्री
माघ १३ । छहरा गाविस–५, बाहुनटोलका किसानले रु एक करोड बराबरको सुन्तला बिक्री गरेका छन् । व्यावसायिक रुपमा सुन्तलाखेती गर्न थालेपछि त्यहाँका ४६ घरपरिवारले सुन्तलाखेतीबाट मनग्य आम्दानी लिन थालेका छन् । सुन्तला किसानले एउटै याममा प्रतिव्यक्ती रु ५० हजारदेखि रु चार लाखको सुन्तला बिक्री गर्दै आएका स्थानीय दुर्गा कोइराला बताउँछन् । किसानले सुन्तला प्रतिकिलो रु ५० मा गाउँबाटै बिक्री हुन थालेको छ । “यथेष्ट आम्दानी हुन् थालेपछि युवादेखि वृद्धसम्म सुन्तलाखेती गर्न हौसिएका छन्,” अगुवा किसान यमलाल कोइरालाले भने । परम्परागत खेती गर्न छाडेर अहिले प्रत्येक घरपरिवारले १०० देखि ५०० सम्म सुन्तलाको बोट लगाएका छन् । कोइरालाले ३४ वर्षदेखि सुन्तलाखेती गर्दै आएका छन् । सुन्तलाखेतीबाटै ७६ वर्षिय कोइरालाले सुन्तलाखेती गरेरै जीवन निर्वाह गर्दै आएका छन् । यस वर्ष उनले सुन्तला बेचेर रु तीन लाखसम्म आम्दानी गरेका छन् । व्यावसायिक सुन्तलाखेती गर्न थालेसँगै त्यहाँका युवा विदेश पलायन हुने क्रम समेत रोकिएको छ ।

suntala

विशेष