सैनिक क्याम्प हिमपहिरोले पुरिदा १० सैनिकको मृत्यु



हिमपहिरोमा परि अरु धेरै सैनिक हराइरहेको अधिकारीहरुले जनाएका छन् । एक सेनानी र छ जना सैन्य जवानलाई भने सकुशल उद्धार गरिएको छ । हिमपहिरो गएको क्षेत्रमा मौसम अत्यन्त खराब रहेकाले उद्धारमा कठिनाई भएको श्रीनगरमा सेनाका प्रवक्ताले जनाएका छन् । हिजो मात्र कश्मिरको गुरेज र सोनमर्ग क्षेत्रमा आएको हिमपहिरोमा सेनाका एक अधिकृत सहित चार सर्वसाधरणको मृत्यु भएको थियो ।पछिल्ला वर्षहरुमा जम्मु कश्मिरका विभिन क्षेत्रमा गएको हिमपहिरोमा सैनिक र सर्वसाधरण गरि धेरैजनाको मृत्यु भएको छ । हिमपहिरो