News

काठमाडौं आइपुग्याे ५६ सिट क्षमताको चिनियाँ जहाज

काठमाडौं आइपुग्याे ५६ सिट क्षमताको चिनियाँ जहाज
माघ - १३ । सरकारले नेपाल वायु सेवा निगमले ५६ सिट क्षमता चिनियाँ जहाज काठमाडौं ल्याएको छ । योसहित निगमसँग अब आन्तरिक रुटकालागि तीनवटा चिनियाँ विमान पुगेका छन् । सहुलियतपूर्ण ऋणमा चीनसँग खरिद गरेका चारमध्ये पहिलो मोर्डन आर्क (एमए–६०) टर्बोप्रोप इन्जिनयुक्त विमान काठमाडौं आइपुगेको हो । यो चीनको कुन्मिङ्गबाट ल्याइएको हो । बिहीबार साँझ ७ बजे काठमाडौंमा अवतरण गरेको यो विमान सहुलियतपूर्ण ऋणमा नेपालले चीनसँग खरिद गरेको हो । जहाजलाई वरिष्ठ क्याप्टेन गोपालसिंह विष्टले ‘कमान्ड’ गरी ल्याएका हुन् । साथमा वरिष्ठ क्याप्टेन प्रशन्न समसेर राणा र क्याप्टेन सम्राटबहादुर शाह थिए । चीनको कुन्मिङबाट उडेको जहाज बंगलादेशको ढाकामा ‘ट्रान्जिट’ गरी बिहीबार साँझ ७ बजे त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । निगमले ५६ सिट क्षमतायुक्त पहिलो चिनियाँ जहाज थपेको ३३ महिनापछि अर्को यस्तै जहाज काठमाडौं ल्याएको हो । यसको उडान नम्बर ‘आरए ११३१’ थियो । यसअघि अनुदान अन्तर्गत ०७१ वैशाखमा चीनले नेपाललाई दिएको ५६ सिट क्षमताको एमए ६० तथा त्यसै वर्षको कात्तिकमा दुर्गम रूटकालागी १६ सिट क्षमताको वाई १२–ई विमान काठमाडौं ल्याइसकिएको छ । यी दुइटा खरिद सम्झौता अन्र्तगतका कुल ६ वटा विमानमध्येका अनुदानमा प्राप्त विमान हुन् ।

nepal airline

विशेष