News

वाणिज्यमन्त्री थकली भारत प्रस्थान

वाणिज्यमन्त्री थकली भारत प्रस्थान
माघ - १३ । भारतको आन्ध्र प्रदेशको विशाखापटनममा आयोजना हुने 'दी पार्टनरसीप समिट–२०१७’ मा सहभागी हुन वाणिज्यमन्त्री रोमी गौचन थकाली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल बिहीबार त्यसतर्फ प्रस्थान गरेको छ। यही माघ १४ देखि १६ सम्म आयोजना हुने २३ औँ संस्करणको समिटको विस्तारित बैठकमा मन्त्री थकालीले ‘दिगो आर्थिक तथा व्यापार वृद्धिमाः के एसियाले नेतृत्व लिन सक्छ’ तथा ‘दक्षिण र दक्षिणपूर्वी एसियासित भारतको साझेदारी’ बिषयमा नेपालको तर्फबाट भनाइ राख्ने कार्यक्रम छ। उक्त अवसरमा वाणिज्यमन्त्री थकाली र भारतका वाणिज्यमन्त्रीसँग भेटवार्ता गरी आपसी हितका विषयमा छलफल गर्ने कार्यक्रम रहेको वाणिज्य मन्त्रालयका सहायक प्रवक्ता रामकृष्ण अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

रोमी गौचन थकाली

विशेष