विदेश

ट्रम्पलाई दियो चीनले कडा जवाफ, जस्तो सुकै अवस्थामा पनि अमेरिकासँग भिड्न तयार

ट्रम्पलाई दियो चीनले कडा जवाफ, जस्तो सुकै अवस्थामा पनि अमेरिकासँग भिड्न तयार

माघ १४ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपतिको चुनावी अभियान देखि नै चीनप्रति निकै आक्रमक रहे । चीन प्रतिको ट्रम्प हेराई अमेरिकी राष्ट्रपतिमा जितेपछि नै कायम छ । ट्रम्पले चीनले अमेरिकामाथि बलात्कार गरिरहेको टिप्पणी गरेका थिए । ‘अहिले चीनले अमेरिकामाथि जे गरिरहेको छ त्यो गरिरहन दिन् सकिन्न्, त्यो संसारकै इतिहासमा सबै भन्दा ठुलो चोरी हो’, ट्रम्पले भनेका थिए ।

डोनाल्ड ट्रम्पको नीति रसियासंग नजिकको सम्वन्ध बनाउने र चीनसंग आक्रामक रणनीति अख्तियार गर्ने देखिन्छ । यसको स्पष्टकारण छ, चीन अमेरिकाको आर्थिक प्रतिष्पर्धी हो रसिया होइन् । ट्रम्पको घोषित नीति नै अमेरिकन किन्ने र अमेरिकीलाई रोजगार दिने हो । ट्रम्प चीनसंग कतै पनि नरम देखिने मुडमा देखिन्नन्। उनी चिनियाँबाट आयात गरिने सामानमा थप कर लगाउन तयार छन् । चीनका आन्तरिक मामिलामा बोलेर अत्याउने देखी विवाद दक्षिण सागरका विषयमा कडा रुख अपनाउन शुरु गरिसकेका छन् ।

चीनले आफ्नो अभिन्न अंग मान्दै आएको ताइवानका राष्ट्रपति साइ इंग वनलाई फोन गरेर कुराकानी गरेका ट्रम्पले आफू एक चीन नीतिमा नबाँधिएको प्रतिक्रिया दिएर चीनलाई तरंगित पारे । यो राष्ट्रपति रिचार्ड निक्शनको पालादेखि शुरु भएको चिनियाँ र अमेरिकी सम्वन्धको आधारमा क्रमभंगता थियो ।

चीनप्रति अमेरिकी नीतिमा आएको परिवर्तन पश्चात चीन चुप लागेर बस्ने संकेत भने देखिएको छैन् । अमेरिकाका प्रत्येक हमलालाई जवाफ दिन चीन तम्तयार देखिन्छ । सयौं वर्ष आफैमा रुमलिएको चीन अब जाग्न थालेको प्रशस्त उदाहरण छन् । ट्रम्पले ताइवानी राष्ट्रपतिसंग फोन गरेर एक चीन नीति विरोधी प्रतिक्रिया दिएको केही हप्तामै चीनले अमेरिकी ड्रोन कब्जा गरेर जवाफ दिएको थियो । विवादित दक्षिण चिनियाँ सागरमा चीनले एन्टी एअरक्राफ्ट मिसाइल जडान गरेको खबर आएका छन् ।

चीनका तर्फबाट आएको सबै भन्दा ठुलो प्रतिक्रिया भने डेङफेंङ–४१ नामक इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइल सिस्टम हो । संसारकै जुनुसुकै ठाउँमा आणविक हतियार सहित मिसाइल प्रहार गर्ने सकिन यो मिसाइल सिस्टमलाई आफ्नो देश भित्र ३ तीन ठाउँमा जडान गरेको छ । यो सिस्टम जडान भएको समाचार ट्रम्पको शपथ ग्रहण भएको समय पारेर सार्वजनिक गरिएको थियो । यो ट्रम्पलाई जवाफ थियो अब चीन मौन कुटनीतिमा विश्वास गर्दैन र प्रतिक्रिया दिन पनि पछि हट्दैनन भन्ने ।

चीनको डेङफेङ–४१ नामक मिसाइल अमेरिका र दक्षिण कोरियाबीच हुन लागेको संयुक्त सैन्य अभ्यासलाई जवाफ पनि मानिएको छ । संगसंगै अमेरिकाले दक्षिण कोरियामा बनाउने भनेको मिसाइल प्रतिरक्षा प्रणाली थाडप्रति चीनको गम्भिर असहमति दर्ज गराउनु पनि यसको उदेश्य मानिएको छ । अमेरिकाले दक्षिण कोरियामा निर्माण गरिने मिसाइल प्रतिरक्षा प्रणाली–थाड उत्तर कोरिया प्रति लक्षित भएको बताउने गरेपनि चीनले त्यो आफु तर्फ लक्षित भएको बुझ्ने गरेको छ ।

China Ameraica

विशेष