News

राष्ट्रपति सवार हेलिकप्टर दुर्घटनाबाट बच्यो, भालुवाङमा आकस्मिक अवतरण

राष्ट्रपति सवार हेलिकप्टर दुर्घटनाबाट बच्यो, भालुवाङमा आकस्मिक अवतरण
माघ–१४ । राष्ट्रपति विद्यादेवी भण्डारी सवार हेलिकप्टरले दाङमा आकस्मिक अवतरण गरेको छ । काठमाडौँबाट कैलालीको धनगढीमा हुने उद्घाटन कार्यक्रमको लागि उडेको राष्ट्रपति सवार हेलिकप्टर मौसम प्रतिकूलको कारण दाङको भालुवाङमा अवतरण भएको हो । तथापि राष्ट्रपति भण्डारीले दाङको भालुवाङस्थित सशस्त्र प्रहरी क्याम्पबाट टेलिफोनमार्फत धनगढीको कार्यक्रमलाई उद्घाटन गरेकी छिन् ।

आकस्मिक अवतरण राष्ट्रपति विद्यादेवी भण्डारी

विशेष