News

सहिद दिवसमा इतिहासकै ठूलो राष्ट्रिय झन्डा सार्वजनिक गरिने

सहिद दिवसमा इतिहासकै ठूलो राष्ट्रिय झन्डा सार्वजनिक गरिने
माघ–१४ । सहिद दिवसको अवसर पारेर नेपाली देशभक्त युवा समाजले इतिहासकै ठूलो राष्ट्रिय झन्डा सार्वजनिक गरिने जनाएको छ । राजधानीमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा समाजका अध्यक्ष नारायणप्रसाद ढुङ्गानाले अहिलेसम्मकै ठूलो अर्थात् १० मिटर अग्लो र साढे सात मिटर चौडाइको नेपालको राष्ट्रिय झन्डा सार्वजनिक गरिने बताए । “करिब आठ किलो तौल भएको उक्त झन्डा ८३ मिटर रातो कपडा, २६ मिटर निलो कपडा र २३ मिटर सेतो कपडाले बनाइएको छ, झन्डा आउँदो १६ गते सहिद दिवसका अवसरमा काठमाडौँको माइतीघर मण्डलामा फहराइने छ,” ढुङ्गानाले भने। नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रकवि माधवप्रसाद घिमिरेको उपस्थितिमा माइतीघर मण्डलामा आइतबार उक्त झन्डा फहराइने सो अवसरमा जानकारी गराए । कार्यक्रममा वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, पत्रकार ऋषि धमला, समाजसेवीद्वय अनुराधा कोइराला र पुष्पा बस्नेत, खेलाडी विमल घर्तीमगरलगायतलाई सम्मान गरिने समाजले जनाएको छ । रासस

राष्ट्रिय झन्डा सहिद दिवस

विशेष