विदेश

ट्रम्प र पुटीनबीच वार्ता हुने

ट्रम्प र पुटीनबीच वार्ता हुने
माघ–१४ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति पदमा सपथग्रहण गरेपछि पहिलो पटक रुसका राष्ट्रपति भ्लादिमिर पुटीन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच शनिबार टेलिफोन वार्ता हुने सम्भावना रहेको क्रेमलिनले जानकारी दिएको छ । यद्यपी रिया नोभोस्ती समाचार सेवाले शुक्रबार क्रेमलिनका प्रवक्ता डिमित्रि पेस्कोभ यी दुई नेताबीच शनिबार टेलिफोन वार्ता हुनसक्ने हो भनि सोधिएको प्रश्नमा उनले हो भन्ने जवाफ दिएको सीएनएनले जानकारी दिएको छ । वार्ता भएमा गत जनवरी २० मा ट्रम्पले राष्ट्रपतिको सपथग्रहण गरेपछि उनीहरुबीचको पहिलो वार्ता हुने उनले बताए । उनीहरुबीच यसअघि अमेरिकाको राष्ट्रपतीय निर्वाचनको प्रचारप्रसारको बेलामा पनि टेलिफोन वार्ता भएको थियो । सो वार्ताका क्रममा उनीहरुबीच अमेरिका र रुसको सम्वन्धलाई समान्य बनाउने बारेमा सहमति भएको थियो । रासस/एएफपी

डोनाल्ड ट्रम्प भ्लादिमिर पुटीन

विशेष