नेपाल, भारत र भुटानको आकाशमा ६ पटक यूएफओ देखिएको गुप्तचरसंस्थाको दाबी
माघ–१५ । नेपालसहित भारत र भुटानका केही भागमा यूएफओ (चम्किलो नचिनिने वस्तु) देखिएको अमेरिकाको गुप्तचरसंस्थाले दाबी गरेका छन् । उनीहरुले उक्त वस्तु ६ पटक सम्म देखेको पनि दाबी गरेको छ ।
अमेरिकाको सुरक्षा व्युरोले केही समयदेखि यूएफओको बारेमा गम्भीर ढंगले अध्ययन अनुसन्धान गरिरहेको थियो । सन् १९६८ अप्रिलको एक रिपोर्टमा ९ लाख ३० हजार देस्ताबेज केही दिन अघि मात्र सार्वजनिक गरिएको छ जसमा पहिचान नगरिएका ६ चम्किला वस्तु नेपाल, भारत र भुटानको आकाशमा देखिएको थियो ।
अमेरिकाको गुप्तचरसंस्थाले नेपालसहित भारत र भुटानका केही भागमा यूएफओ (चम्किलो वस्तु) देखिएको दाबी गरेका छन् । त्यस्ता यूएफओ ६ पटक देखिएको उनीहरुको दाबी छ ।
हिन्दुस्तान टाइम्सका अनुसार नेपाल भारत भुटानका आकाशमा ६ पटक देखिएका ती वस्तु यति धेरै चम्किला थिएकि त्यसले पूरै क्षेत्र उज्यालो बनाएका थिए ।
नेपालमा भने १९६८ अप्रिल २५ को रात कास्किको आकाशमा देखिएको थियो । कहिले निभ्ने र कहिले बन्ने अवस्थामा उक्त वस्तु देखिएको रिपोर्टमा जनाइएको छ । पोखरा भन्दा ६ किलोमिटर पर उत्तर पूर्वी क्षेत्रमा देखिएको उत्त वस्तुको बेस ६ फिटको थियो भने उचाई ४ फिटको थियो ।
त्यस्तै नेपालमा र सिक्किममा १९६८ फेब्रुअरी १९ मा त्यस्तै चम्किलो बस्तु देखिएको थियो । जसले पुरै क्षेत्र उज्यालो भएको थियो । र उज्यालो हराएसँगै आकाश गर्जिएको रिपोर्टमा उल्लेख गरिएको छ ।
यस्तै वस्तु भुटानमा पनि देखिएको रिपोर्टमा उल्लेख गरिएको छ । सन् १९५० देखि ६० को दशकमा दक्षिण कोरिया, इरान, मोरोको, अफ्रिका, स्पेन, उरुग्वे र रसियामा पनि देखिएको जनाइएको छ ।
यसअघि सन् १९४० देखि सन् १९५० को सुरुवातमा जाच व्यूरारोले मंगल ग्रहबाट मानिस–अन्तरिक्ष यान वा ग्रहीय यात्री’ नामक सिद्धान्त प्रतिपादन गरेको थियो । तर १९५२ को रिपोर्टमा भनिएको थियो , ‘अन्य ग्रहमा पनि बुद्धिमान जीवन रहेको हुन सक्छन्, र अन्तरिक्ष यात्रा गर्न सम्भव पनि छ तर यो सिद्धान्तलाई हाललाई समर्थन गर्ने कुनै आधार छैन ।’
–एजेन्सी
नेपाल
भारत र भुटान
यूएफओ