विदेश

सिरियासहित ६ देशका शरणार्थिको लागि अमेरिकी ढोका बन्द

सिरियासहित ६ देशका शरणार्थिको लागि अमेरिकी ढोका बन्द
माघ - १५ । राष्ट्रपति डोनल्ड ट्रम्पले सीरिया प्रवासिलाई अघिल्लो आदेशसम्म अमेरिका प्रवेशमा रोक लगाएका छन् । यसको साथै ट्रम्पले इरान, इराक, यमन र लिबियासमेत गरी छ अन्य मुस्लिम देशका नागरिकको लागि तीन महिनसम्मका भिसा जारी गर्न रोक लगाएका छन् । कट्टरपंथी इस्लामी आतंकवादीलाई अमेरिका छिर्न नदिन ट्रम्पले धेरै ठूला कदम उठाएका छन् । हालै उनले एक व्यापक एक्जीक्यूटिव अडरमा हस्ताक्षर गरेका छन्, जसले अवको चार महिनासम्म कुनैपनि देशका शरणार्थिलाई अमेरिका प्रवेशमा रोक लगाउने छ । उनले अमेरिका प्रवेश गर्ने आप्रवासीलाई कडा जाँच गर्ने आदेशमा पनि हस्ताक्षर गरेका छन् । अमेरिकी रक्षा विभाग पेन्टागनमा जनरल जेम्स म्याटिसलाई रक्षा मन्त्री बनाएलगत्तै शपथ समारोहमा उनले उक्त घोषणा गरेका हुन् । ‘म कट्टर इस्लामीक आतंकवादीलाई अमेरिकाबाट टाढा राख्नका लागि नयाँ जाँच उपाए लाउँदै छु,’ उनले थपे – ‘हामी ती व्यक्तिलाई अमेरिका आउन दिने छौँ जसले हाम्रो देशलाई सहयोग र माया गर्ने छन् ।’ उनले अन्य मुसलमान बहुल रहेका देशका नागरिकलाई तीन महिनासम्म अमेरिका प्रवेशमा रोक लगाएका छन् । उनले रोक लगाएका देशहरु इराक, सिरिया, इरान, लिबिया, सोमालिया सुडान र यमन रहेका छन् । तर, मानवअधिकार समूहले ट्रम्पको उक्त कदमलाई आलोचना गरेका छन् । पछिल्लो साल पूर्वराष्ट्रपति बाराक ओबामाले दश हजार सिरियाली शरणार्थिलाई अमेरिका प्रवेशका लागि अनुमति दिएका थिए । तर, अमेरिकाको छिमेकी देश क्यानडाले ३५ हजार सिरियाली नागरिकलाई प्रवेश अनुमति दिएको थियो, जसको जनसंख्या अमेरिकाभन्दा नौ गुण ठूलो छ ।

America Donald Trump

विशेष