विदेश

६ भारतीय सुरक्षाकर्मी हिमपहिराेमा पुरिए

६ भारतीय सुरक्षाकर्मी हिमपहिराेमा पुरिए

माघ - १५ । भारतको प्रशासित कश्मीरको सीमाको माछिल सेक्टरमा हिमपहिरो जाँदा भारतीय सेनाका ६ सैनिक हिमपहिरोमा पुरिएका छन् । श्रीनगरबाट १ सय ८० किलोमिटर टाढा रहेको माछिला सेक्टरमा रहेको सेनाको पेट्रोल हिमपहिरोमा पुरिएको हो । भारतीय सेनाका प्रवक्ताले शनिबार विहान माछिल सेक्टरमा हिमपहिरो गएको बताएका छन् । उनले हिउँमा पुरिएका सहकर्मीहरुको अझै खोजीकार्य जारी रहेको बताए । अरु १५ जना भारतीय सुरक्षाकर्मीहरु पनि हिउँमा पुरिएकोमा दुइदिन पछि मात्रै उनीहरुको शव हिउँबाट निकालिएको थियो । त्यसैगरी यही हप्ता पाँच जना नागरिक पनि हिउँमै पुरिएका थिए । उनीहरुमध्ये चार जना एकै परिवारका रहेका थिए । हरेक वर्षको जाडोको समयमा यस क्षेत्रमा दर्जनाँै भारतीय र पाकिस्तानी सुरक्षाकर्मीहरुको हिउँमा पुरिएर मृत्यु हुने गरेको छ ।

हिमपहिराे

विशेष