विदेश

जन्ती बस दुर्घटना बेहुलीसहित ४५ को मृत्यु

जन्ती बस दुर्घटना बेहुलीसहित ४५ को मृत्यु

माघ १६  । जन्ती लिएर हिँडेको एक गाडी (लरी) दुर्घटना हुँदा यसमा यात्रारत बेहुलीसहित कम्तीमा ४५ जनाको मदागास्करको उत्तरपूर्वी सहर अन्जाजोरोवमा मृत्यु भएको यहाँका अधिकारीले जनाएका छन् ।

अन्जाजोरोव मदागास्करको राजधानी अन्तानानारियोबाट ९० किलोमिटर उत्तरपूर्वमा अवस्थित सहर हो ।

मृत्यु हुनेमा नौ जना बालबालिका, २७ महिला र नौ जना पुरुष रहेको र २४ जना घाइते भएको अन्जाजोरोवका नगरप्रमुख लोभा एन्ड्रिया मानान्टसोवाले जानकारी दिए ।

करिब ७० जना जन्ती लिएर हिँडिरहेका गाडी एक्कासी सडकबाट नदीमा खस्दा अधिकांश नदीमा डुबेको बताइएको छ ।

विशेष