विदेश

भिसा भएकाहरुलाई अमेरिका आउन दिनू भन्ने अदालतको आदेशले ट्रम्पलाई झड्का

भिसा भएकाहरुलाई अमेरिका आउन दिनू भन्ने अदालतको आदेशले ट्रम्पलाई झड्का

माघ १६ । अमेरिकाको एउटा अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको कार्यकारी आदेशविरुद्ध स्टे अर्डर जारी गर्दै प्रतिबन्धित मुस्लिम देशबाट भिसा भएका वा कानुनी प्रक्रिया पूरा गरेका आप्रवासीलाई अमेरिकाबाट तत्काल फिर्ता पठाउन रोक लगाएको छ ।

द अमेरिक सिफिल लिबरेटिज युनियन (एसिएलयु) ले राष्ट्रपति ट्रम्पको निर्णय विरुद्ध अदालतमा रिट दायर गरेको थियो । ट्रम्पको निर्णयका कारण अमेरिकामा अलपत्र परेकाहरुलाई फिर्ता पठाउन अदालतले रोक लगाएको एसिएलयुले बताएको छ ।

समूहका अनुसार हाल अमेरिकाको विमानस्थल र ट्रान्जिटहरुमा १ सयदेखि २ सयजना मानिसहरु हिरासतमा रहेका छन् । अमेरिकाका डिस्ट्रिक्ट जज एन डोनेलीको आदेशपछि प्रमाणित शरणार्थी आवेदन, भिसा र अमेरिका आउन कानुनी प्रक्रिया पूरा गरेकाहरुलाई अमेरिका छिर्न रोक लगाउन पाइने छैन ।

मुस्लिम बाहुल्यता भएको देशहरुका नागरिकहरुलाई अमेरिका प्रवेशमा रोक लगाउने गरी ट्रम्पको आदेशको चौतर्फी विरोध भइरहेको छ ।

Donald Trump

विशेष