विदेश

मलेसियामा डुंगा दुर्घटना ३१ यात्रु हराए

मलेसियामा डुंगा दुर्घटना ३१ यात्रु हराए

माघ १६ । मलेसियामा पर्यटक चढेको डुंगा सम्पर्कबिहीन भएको छ । ३१ जना पर्यटक चढेकोे डुंगामा २० जना चिनियाँ पर्यटक रहेको अनुमान गरिएको छ ।

शनिबार बिहान मलेसियाको प्रसिद्ध पर्यटकीय क्षेत्र पुलाउ मेङ्गुलमका लागि कोटा किनाबालुबाट छुटेको डुंगा सम्पर्कबिहीन भएको हो ।

खराब मौसमका कारण खोज तथा उद्धारमा समस्या भएको उद्धारकर्मीले बताएको अन्तर्राष्ट्रिय समाचारसंस्था बिबिसीले जनाएको छ । नयाँ वर्ष मनाउने क्रममा रहेका चिनियाँ पर्यटक चढेको डुंगा चिनिया नयाँ वर्षको पहिलो दिन नै सम्पर्कबिहीन भएको हो ।

Malasiya Accident

विशेष