News

मोहनविक्रम सिंह अस्पताल भर्ना

मोहनविक्रम सिंह अस्पताल भर्ना

माघ १६ । पुराना कम्युनिष्ट नेता एवं नेकपा मसालका अध्यक्ष मोहनविक्रम सिंह बिरामी भएर अस्पताल भर्ना भएका छन् ।

कम्युनिष्ट आन्दोलनको अग्रज नेता सिंह चार दिनदेखि टोखास्थित ग्राण्डी अस्पतालमा उपचाररत छन् । उनलाई आज प्रधानमन्त्री पुष्पकमल दाहालले भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिए । ८१ वर्षीय सिंह फोक्सोमा पानी जमेको, सुगरलगायतका समस्याबाट पीडित छन् ।

प्रधानमन्त्री दाहालले सिंहलाई भेटेर उपचारमा सरकारले आवश्यक सहयोग गर्ने बचन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । अहिले सिंहको स्वास्थ्यमा राम्रो सुधार देखिएको बताइएको छ ।

Mohan Bikram Sing

विशेष