विदेश

शिक्षिकाले छात्रालाई सूसू गर्न नदिएपछि स्कुलले तिर्यो १३ करोड रुपैयाँ

शिक्षिकाले छात्रालाई सूसू गर्न नदिएपछि स्कुलले तिर्यो १३ करोड रुपैयाँ

माघ १६ । अमेरिकाको एक स्कूलमा एक छात्राले शौचालयमा गएर पिसाब फेर्न नपाएपछि क्लासमै बाल्टिनमा सूसू गर्नुपर्ने स्थिति आएपछि स्कूलले करीब १३ करोड रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ ।

क्यालिफोर्नियाको प्याट्रिक हेनरी हाई स्कूलमा सन् २०१२ मा यो घटना भएको थियो । सुपिरियर कोर्ट ज्युरीले यसका लागि स्कूललाई जरिवाना तिराएको छ ।

पीडित छात्राले त्यतिखेर अदालतलाई बताएअनुसार घटनाका कारण उनी डिप्रेसनमा पुगेको र उनलाई आत्महत्या गर्न मन लागेको थियो ।

अहिले १९ वर्षकी भएकी उक्त छात्राले बाथरूम जान अनुमति मागेकी थिइन् तर शिक्षिका गोन्जा वुल्फले इन्कार गरिन् ।

शिक्षिकाका अनुसार क्लासमा बाथरूम ब्रेकको अनुमति थिएन । शिक्षिकाले छात्रालाई अर्को कोठामा जान लगाएकी थिइन् जहाँ उनले बाल्टिनमा पिसाब फेरेर सिन्कमा हाले हुन्छ भनेकी थिइन् ।

यस्तो अपमान सहनुपरेकाले छात्राले स्कूलमाथि २५ हजार डलरको दाबी गरेकी थिइन् तर तल्लो अदालतले मुद्दा खारेज गरिदियो ।

पछि स्कूल प्रशासनले छात्रा र उनकी आमासँग माफी माग्यो र विद्यार्थीहरूलाई बाथरूम ब्रेक दिन शिक्षकहरूलाई आदेश दियो ।

USA School

विशेष