विदेश

अमेरिकामा बन्देज भएका आप्रवासीलाई क्यानाडाले स्वागत गर्ने

अमेरिकामा बन्देज भएका आप्रवासीलाई क्यानाडाले स्वागत गर्ने
माघ–१६ । क्यानाडाका प्रधानमन्त्री जस्टीन त्रुदेउले अमेरिकामा राष्ट्रपति ट्रम्पले बन्देज गरेका विदेशी शरणार्थी तथा आप्रवासीहरुलाई क्यानाडाले स्वागत गर्ने ट्वीटर मार्फत बताएका छन् । उनले ट्वीट गरेका छन्, ‘जसले हिंसा, आतङ्क र युद्ध भोगीरहेको छ, ती सबैलाई क्यानाडाले स्वागत गर्न चाहन्छ । हाम्रो शक्ति नै विविधता हो ।’ https://twitter.com/JustinTrudeau/status/825438460265762816 अमेरिकाका निर्वाचित राष्ट्रपति ट्रम्पले मुस्लिम समुदायका आप्रवासी तथा शरणार्थीहरुलाई अमेरिका प्रवेशमा कडाइ गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेसँगै क्यानाडियन प्रधानमन्त्री त्रुदेउले यस्तो सन्देश ट्वीटरमा लेखेका हुन् । ट्रम्पले इरान, इराक, लिविया, सोमालिया, सिरिया र यमनका नागरिकलाई अमेरिका प्रवेशमा कडाई गर्न आदेश दिएका छन् ।

आप्रवासी क्यानाडा

विशेष