आयल निगमका प्रबन्ध निर्देशक खड्काले खटाए घुस संकलक दूत
माघ १७ । नेपाल आयल निगमको इन्जिनियरिङ तथा परियोजना विभागको प्रमुख दसैं तहका इन्जिनियर वीरेन्द्र गोइत छन् । तर, निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खड्काले उक्त विभागका सबै काम गर्ने अख्तियारी आठौं तहका विवादास्पद ओभरसियर रवीन
शर्माले दिएको कर्मचारी स्रोतले बताएको छ । स्रोतका अनुशार उक्त विभागका फाइल सिधै रविन शर्मा कहाँ पुग्ने गरेका छन् । हरेक फाइलमा शर्माले शुभलाभ लेनदेनमा कुरा मिलेपछि मात्र कार्यान्वयनका लागि अरु विभागमा जाने गरेका छन् । थानकोटमा मट्टितेलको डिपो हटाएर डिजेल पेट्रोलको भण्डारण गर्ने परियोजनाको जिम्मा पनि शर्माले नै पाएका छन् । जुन १ अर्ब भन्दा बढीको परियोजना हो । पूर्वप्रबन्ध निर्देशक दिगम्भबर झाको पालामा खरिद गरिएको उक्त जग्गाको केही भाग बिक्री गरी कमिसन खाने दाउमा पनि गोपाल खड्का र रविन शर्मा छन् । वितरण विभागले हेर्नुपर्ने नयाँ पेट्रोल पम्प दताृमा पनि प्रबन्ध निर्देशक खड्काले तिनै शर्मालाइ खटाएका छन् । शर्माले घुस संकलन गर्दै २ सय वटा पम्प दर्ता गरिसकेका छन् । प्रतिपम्प १० लाख रुपैयाँसम्म घुस असुल्दै दर्ता गरिएको स्रोतको दाबी छ । –साँधु साप्ताहिकबाट