साझा डुबाउँदै पत्रकार डुलाउँदै महाप्रबन्धक डोलिन्द्र शर्मा
माघ १७ । साझा प्रकाशन बचाउन दिएको सरकारी अनुदान रकम पत्रकार र संचालकलाई घुमाउनमा खर्च गर्न लागिएको छ । साझाका महाप्रबन्धक डोलिन्द्र शर्माले सरकारले दिएको अनुदान रकमले साझा बचाउन होइन पत्रकारहरुको जम्बो टोलीलाई घुमाउन, खुवाउन र पिलाउनमा खर्च गर्न लागेको खबर छ ।
निजी प्रकाशन गृह अक्सफोर्ड पब्लिकेसनका मालिक शर्माले सरकारले साझा बचाउन दिएको पैसाबाट पत्रकारलाई कोरिया, जापान, बेलायतदेखि अमेरिकासम्म घुमाउने तयारी गरेको विवरण फेला परेको छ । डोलेन्द्रले सरकारले दिएको रकममा भएको भ्रष्टाचार बाहिर नआओस भन्नका लागि नै यस्तो भ्रमणको तयारी गरेको साझा स्रोतले बताएको छ । स्रोतका अनुशार डोलेन्द्रले आफ्नो भ्रष्टाचार ढाकछोप गर्नका लागि माउन्टेन टेलिभिजनकी सजिता केसीलाई जापान, नागरिक दैनिककी रुबि रौनियार, एबिसी टिभीका डन्ड गुरुङलाई कोरिया घुमाउने गरि प्रक्रिया अगाडि बढाइसकेका छन् । राससका प्रकास सिलवाल अमेरिका, गोरपापत्रका पनि एकजना पत्रकारलाई बेलायत घुमाउने प्रबन्ध डोलेन्द्रे मिलाइसकेका छन् । –साँघु साप्ताहिकबाट