विदेश

क्यानडामा गोली चल्यो ५ जनाको मृत्यु

क्यानडामा गोली चल्यो ५ जनाको मृत्यु

माघ १७ । क्यानडाको क्यूबेक शहरमा एक मस्जिदमा गोली प्रहारबाट कम्तीमा ५ जनाको मृत्यु भएको छ ।

अमेरिकामा शरण नपाएका मुस्लिमहरुलाई क्यानडामा स्वागत गर्ने सरकारी घोषणा लगत्तै घटना भएको भएपनि घटना कसले र किन गराएको भन्ने यकिन नभएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

तीनजना अज्ञात बन्दुकधारीहरुले प्रार्थना समयमा अन्धाधुन्ध गोली चलाएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । घटना भएको समय त्यहाँ ४० बढी मानिस रहेको अनुमान गरिएको छ ।

canada

विशेष