News

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विधेयक पारित

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विधेयक पारित
माघ–१७ । व्यवस्थापिका–संसद्को साेमबारको बैठकले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण (पाँचौँ संशोधन) विधेयक, २०७३ लाई बहुमतले पारित गरेको छ । वन तथा भू–संरक्षणमन्त्री शङ्कर भण्डारीले प्रस्तुत गरेको सो विधेयकमाथि सांसदहरु प्रेम सुवाल, सूर्यप्रकाश वाला राई, रेवतीरमण भण्डारीलगायतले विधेयकमाथि आ–आफ्नो धारणा राखेका थिए । सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री भण्डारीले वन तथा वन्यजन्तुको संरक्षण गर्दै आर्थिक समृद्धि हासिल गर्ने दिशामा विधेयक महत्वपूर्ण रहेको बताए । नेपालले जैविक विविधताको संरक्षणलाई विशेष जोड दिएको उल्लेख गर्दै उनले दुर्लभ वन्यजन्तुको संरक्षण र तिनीहरुको अवैध व्यापार नियन्त्रण गर्न विधेयक समयसापेक्ष रुपमा ल्याइएको बताए । संसद्को वातावरण संरक्षण समितिको प्रतिवेदनसहितको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण (पाँचौँ संशोधन) विधेयक, २०७३ माथि छलफल गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको थियो । व्यवस्थापिका–संसद्को अर्को बैठक साेमबार १४ः३० बजे बस्नेछ । रासस

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विधेयक

विशेष