विदेश

अमेरिका उड्ने विमानबाटै निकालिइन इरानी युवती, यसरी पाेखिन् फेसबुकमा अनुभव

अमेरिका उड्ने विमानबाटै निकालिइन इरानी युवती, यसरी पाेखिन् फेसबुकमा अनुभव
माघ–१७ । नयाँ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सात मुस्लिम  देशका नागरिकलाइ अमेरिका छिर्न लगाएको प्रतिबन्धले गर्दा विश्वभर तरंग ल्याएको छ । यो प्रतिबन्धबाट समस्यामा इरानकी नजानिन जिनौरी प्रत्यक्ष असरमा परेकी छिन् । इरानी पीएचडी होल्डर जिनौरी पछिल्लो हप्ता बिदा मनाउन आफ्नो घर तेहरान आएकी थिइन् तर पुर्ण रुपमा उनी अमेरीका फर्कन सकिनन् । बिदा मनाएर अमेरिका फर्कने क्रममा उनीलाइ शनिबार दुबइको एयरपोर्टमा जहाजबाट दुई अधिकारीले बाहिर निकाले । उनी करिब सात वर्षसम्म अमेरिका बस्तै आएकी थिइन् । निराश मन लिएर घर फर्केकी जिनौरीले आफ्नो नमिठो अनुभव फेसबुकमा लेखेकी छिन् । सात वर्षसम्म अमेरिकामा बसेर गरेको सेवा आज आएर मूल्यविहिन बनेको बताइन् । अमेरिकाको क्लेमसन युनिभर्सिटीबाट पीएचडी गरकी जिनौरी एक डाटा साइन्टिस्ट हुन् । जनवारी २० मा आफ्नो परिवार भेट्न उनी इरान गएकी थिइन् । नयाँ राष्ट्रपति ट्रम्पले आफ्नो देशमा मुस्लिम र आप्रवासीलाई देश प्रवेशमा प्रतिबन्ध लगाउने भनेपछि जिनौरीले हतार हतार टिकट लिएर अमेरिका जान लागेकी थिइन् । तर दुबईको एयरपोर्टका अधिकारीले करिब ४० मिनेटको सोधपुछ गरेर वासिङटन जाने विमानबाट उनलाई बाहिर निकाले । उनको अमेरिकामा रहेको घर सम्पूर्ण सामन बेवारिसे बनेका छन् । ट्रम्पको आदेशपछि उडान गर्न नपाएका करिब ३७५ यात्रुमध्ये जिनौरी पनि एक हुन् ।
https://www.facebook.com/photo.php?fbid=10202859584487559&set=a.3640277982481.1073741826.1740263676&type=3&theater  

नजानिन जिनौरी प्रतिबन्ध मुस्लिम नागरिक

विशेष