शेयर

सेयर बजारमा उच्च अंकले गिरावट

सेयर बजारमा उच्च अंकले गिरावट
माघ - १७ । सेयर बजार उच्च अंकले ओरालो लागेको छ । सोमबार कारोबारको सुरुवातदेखि नै ओरालो लागेको बजार ६५.४४ अंकले घटेर परिसूचक १३०९.७० अंकमा पुगेको हो । बजार उच्च अंकले तल झर्दा समग्र बजार ४.७६ प्रतिशतले घटेको छ । सोमबार बजार उच्च अंकले घटेपनि कारोबार रकम भने सो अनुपातमा घटेको छैन । १२३ कम्पनीको ११ लाख २६ हजार कित्ता सेयर ५३ करोड ६६ लाख २८ हजार रुपैयाँमा कारोबार भएको छ । बीमा समूहको सूचक पाँच सय ४६ दसमलव ५५ अंकले घटेर पाँच हजार सात सय ३७ दसमलव २४ बिन्दुमा पुगेको छ ।१२ करोड ५० लाख ३० हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ । बाणिज्य बैक समूहको सुचक ६० दसमलव ५५ अंकले घटेर १२ सय ४७ दसमलव ९९ अंकमा पुग्यो भने बिकास बंैक समूहको सुचक पनि सोमबार ४८ दसमलव ९९ अंकले घटेर १३ सय ८९ दसमलव ५७ बिन्दुमा कायम भएको छ । होटल समुहको सुचक पनि एक सय २८ दसमलव ४८ अंंकले घटेर १२ सय ४६ दसमलव ८४ बिन्दुमा कायम रहेकोमा २७ लाख ४१ हजार तीन सय २० रुपैयाँका सेयर खरिद बिक्री भएको छ । यो दिन सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको दुई करोड ५० हजार, नेपाल बङ्गलादेश बैङ्कको दुई करोड ८० लाख, सिद्वार्थ बैङ्कको दुई करोड ७७ लाख, प्रभु बैङ्कको दुई करोड ४४ लाख, बैङ्क अफ काठमाडौँ–लुम्बिनीको दुई करोड ६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

nepse share bajar

विशेष