News

पूर्वयुवराज्ञी हिमानीले दिलाइन छाेरी पूर्णिकालार्इ नागरिकता 

पूर्वयुवराज्ञी हिमानीले दिलाइन छाेरी पूर्णिकालार्इ नागरिकता 
माघ - १७ । पूर्वराजा ज्ञानेन्द्र शाहकी नातिनी पूर्णिका शाहले नागरिकता प्राप्त गरेकी छिन् । उनले बालिग भएपछि वंशजकाे अाधारमा नेपाली नागरिकता प्रदान गर्ने नेपालका संविधानमा व्यवस्थाअनुसार आज (सोमबार) काठमाडाैं जिल्ला प्रशासन कार्यालय बबरमहलबाट नागरिकता प्राप्त गरेकी हुन् ।
[caption id="attachment_53509" align="alignnone" width="480"] तस्बिर किशोर श्रेष्ठको ट्वीटरबाट [/caption]
छोरीलाई नागरिकता दिलाउन पूर्वयुवराज्ञी हिमानी शाह सिडियो कार्यालय बबरमहल पुगेकी थिइन् । पूर्व पारस शाह भने सिडियो कार्यालयमा देखिएनन् । पारास र हिमानका तीन सन्तान मध्ये एक छोरा हृदयेन्द्र शाह र दुई छोरीहरु पूर्णिका र कृतिका शाह छन् । दुर्इ छाेरी मध्ये जेठी पूर्णिकाले अाज नागरिकता प्राप्त गरेकी हुन् । नेपालको सविधानकाे नागरिकतासम्बन्धी व्यवस्था अनुसार १६ वर्ष पुगेका नेपाली नागरिकलाई नागरिकता दिने व्यवस्था गरिएको छ । यसै व्यवस्थाअनुसार पूर्णिकाले वंशीय आधार तथा लैंगिक पहिचानसहितको नागरिकता (धारा १२)अनुसार नागरिकता प्राप्त गरेकी हुन् ।

हिमान

विशेष