विदेश

ट्रम्पविरुद्ध बेलायतमा हस्ताक्षर अभियान, १० लाखभन्दा वढीले हस्ताक्षर

ट्रम्पविरुद्ध बेलायतमा हस्ताक्षर अभियान, १० लाखभन्दा वढीले हस्ताक्षर
माघ – १७ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बेलायत प्रवेशमा रोक लगाउन माग गर्दै बेलायता हस्ताक्षर अभियान चलाइएको छ । बेलायती प्रधानमन्त्री टेरेसा मेले ट्रम्पलाई बेलायत भ्रमणको निम्तो दिएकी थिइन् । ट्रम्पको भ्रमणको विरोधमा बेलायती नागरिकहरुले हस्ताक्षर अभियान चलाइएका हुन् । राष्ट्रपति ट्रम्पको भ्रमण रोक्न माग गर्दै अहिलेसम्म १० लाखभन्दा बढीले हस्ताक्षर गरिसकेका छन् । आप्रवासीबिरुद्ध कडा कदम चालिरहेका भन्दै बेलायतमा हस्ताक्षर अभियान चलाइएको हाे । राष्ट्रपति ट्रम्पको निर्देशनअनुसार इराकसहित ७ वटा मुलुकलाई अमेरिका भ्रमणमा प्रतिवन्ध लगाइएको छ । हस्ताक्षर गर्ने अभियानकर्ताले ट्रम्पलाई बेलायत भ्रमण गराउनु लज्जास्पद हुने जनाएका छन् । लेबर पार्टीका जर्मी कोर्बिनले ट्रम्पको भ्रमणलाई सार्न प्रधानमन्त्री मेलाई आग्रह गरेका छन् । यसै विषयमा बेलायतको संसदमा भोली छलफल हुँदैछ । कुनै पनि विषयमा एक लाख भन्दा बढी हस्ताक्षर संकलन भएपछि संसदमा छलफल हुने प्रावधान रहेको छ । जनमत संग्रहमा युरोपेली मुलुकबाट अलग्गिने निर्णय गरेयता बेलायतमा चलेको यो ठूलो हस्ताक्षर अभियान हो । बेलायती नागरिकले मुस्लिम राष्ट्रलाइ ट्रम्पले रोक लगाएको विरोधमा प्रर्दशनसमेत गरेका छन् । यता, इराकी संसदले अमेरिकी राष्ट्रपतिको आप्रवासी प्रतिबन्धको निर्णयविरुद्ध कदम चाल्न सरकारलाई आग्रह गरेको छ । अमेरिकी सरकारले भ्रमणमा लगाएको प्रतिबन्धविरुद्ध कदम चाल्न इराकी संसदले सोमबार मतदानसमेत गरेको छ ।

Donald Trump Trump

विशेष