विदेश

आफ्नो नीतिको विपक्षमा बोल्ने महान्यायाधिवक्तालाई ट्रम्पले गरे किकआउट

आफ्नो नीतिको विपक्षमा बोल्ने महान्यायाधिवक्तालाई ट्रम्पले गरे किकआउट

माघ १८ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो निर्देशनको विरोध गर्ने अन्तरिम महान्यायाधीवक्तालाई बर्खास्त गरेका छन् । अमेरिकाकी अन्तरिम महान्यायाधीवक्ता साली यट्सले न्याय विभाग अन्तर्गतका सबै वकिललाई आप्रवासी सम्बन्धी राष्ट्रपति ट्रम्पको दिर्नेशनको पक्षमा नलाग्न निर्देशन दिएकी थिइन ।

अन्तरिम महान्यायाधीवक्ता साली यट्सले राष्ट्रपति ट्रम्पको निर्देशन संवैधानिक रहेकोमा आफू सहमत हुन नसकेको बताएकी हुन् । । राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जारी गरेको वक्तव्यमा यट्सले न्याय विभागलाई धोका दिएकाले बर्खास्त गरिएको उल्लेख गरिएको छ ।त्यस्तै उनको ठाउँमा भिर्जिनिया राज्यको जिल्लाका न्यायाधीवक्ता डेना बोएन्टेलाई नियुक्त गरिएको ह्वाइट हाउसले जनाएको छ ।

विशेष