विदेश

आखिर पक्राउ परे हफिद सईद

आखिर पक्राउ परे हफिद सईद

माघ १८ । भारतको मुम्बइमा सन् २००८ मा भएको आक्रमणको मुख्य योजनाकार भनिएका हाफिज सईदलाई पाकिस्तानले नजरबन्दमा राखेको छ ।

जमात–उद–दावा संगठनका प्रमुख सईद सन् २००८ मा मुम्वईमा एक सय ६६ जनाको ज्यान जाने गरी भएको आक्रमणको मुख्य योजनाकार मानिन्छन् ।

सईदसंगै अन्य चार जनालाई लाहोरको जोहर टाउन क्षेत्रमा नजरबन्दमा राखिएको स्थानीय सञ्चारमाध्यमलाई उदृत गर्दै बीबीसीले जनाएको छ । सईद अतिवादी संगठन लश्कर–ए–तोयबाका पूर्व प्रमुख पनि हुन् ।

Hafid Said

विशेष