News

सडक दुर्घटनामा सय जनाभन्दा बढीको मृत्यु

सडक दुर्घटनामा सय जनाभन्दा बढीको मृत्यु
माघ १८ । मध्यपश्चिमाञ्चलमा सडक दुर्घटनामा परी गत छ महिनामा एक सय १६ जनाको मृत्यु भएको छ । मध्यपश्चिमाञ्चल क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरको पछिल्लो तथ्यांकअनुसार सडक दुर्घटनामा परी दुई सय ३० जना घाइते भएका छन् । आव २०७२÷७३ को साउनमा नौ, भदौमा सात, असोजमा २३, कात्तिकमा २२, मङ्सिरमा २५ र पुसमा २० जनाको सडक दुर्घटनामा परी मृत्यु भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । मृत्यु हुनेमा पुरुषको संख्या बढी छ । सो कार्यालयका अनुसार सडक विस्तारसँगै मुख्य रुपमा चालकको लापर्बाहीले गर्दा नै सडक दुर्घटना हुने गरेको छ । चालकले मापसे गरेर सवारी साधन चलाउने र धेरैजसो चाडपर्वमा बढी दुर्घटना हुने गरेको छ । त्यस्तै ठूलाभन्दा साना सवारी साधन बढी दुर्घटना परेका छन् ।

road accident

विशेष