News

हिमालयको नयाँ विमान काठमाडौं आइपुग्यो, क्वालालम्पुर र याङगुनमा उडान भर्ने

हिमालयको नयाँ विमान काठमाडौं आइपुग्यो, क्वालालम्पुर र याङगुनमा उडान भर्ने
माघ - १८ । निजी क्षेत्रबाट अन्तर्राष्ट्रिय उडान गरिरहेको हिमालय एयरलाइन्सको १५८ सिटको नयाँ विमान त्रिभुवन विमानस्थलमा आइपुगेको छ । तिव्वत एयरलाइन्सको पनि संयूक्त लगानी रहेको हिमालयले संचालनको दोस्रो वर्षमा नै अर्को विमान थप गरेको हो ।
जर्मनीमा बनेको ३२०–२१४ सिरिजको उक्त विमान हिमालयका पाइलट फ्रेन्च नागरिक क्याप्टेन ओल्ट्राले जर्मनीको ह्याम्बर्ग अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट विभिन्न देश हुँदै त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरण गराएका हुन् । हाल तीनवटा विमानमार्फत उडान भरिरहेको नेपाल एयरलाइन्स र अब हिमालयसँग दुइवटा विमान भएसँगै यो संख्या पाँच पुगेको छ । २०७४ सालभित्र २ वाइड बडी भित्र्याउने तयारी नेपाल एयरलाइन्सको छ भने हिमालयले पनि थप २ विमान ल्याउने योजना बनाएको छ । योसँगै आगामी एक वर्षभित्र ९ पुग्ने अनुमान गरिएको छ । हिमालयले नयाँ विमानबाट मलेसियाको क्वालालम्पुर र म्यानमारको याङगुनमा उडान भर्ने जनाएको छ । माघ २८ देखि क्वालालम्पुर र फागुन १३ गतेदेखि याङगुनमा उडान सुरु हुने कम्पनीका भाइस प्रेसिडेन्ट विजय श्रेष्ठले जानकारी दिए । एअरलाइन्सले हप्ताको पाँच दिन क्वालालम्पुर र दुई दिन याङगुनमा उडान सञ्चालन गर्ने छ । एअरलाइन्सले काठमाडौ–क्वालालम्पुर–काठमाडौ (राउण्ड ट्रिप)को लागि सुरुवाती टिकट दर २५ हजार ३ सय ७५ रुपैयाँ तोकेको श्रेष्ठले बताए । क्वालालम्पूर–काठमाडौ–क्वालालम्पुर (राउण्ड ट्रिप)को लागि मलेसियन रिंगेट ९ सय २८ तोकिएको छ ।

Himalayan airline

विशेष