News

ट्रिपरको ठक्करबाट मोटरसाइकल चालककाे मृत्यु

ट्रिपरको ठक्करबाट मोटरसाइकल चालककाे मृत्यु
माघ - १८ । काठमाडौको वनस्थलीमा ट्रिपरको ठक्करबाट १ जनाको मृत्यु भएको छ । मोटरसाइकल चालक किर्तिपुर–१२ बस्ने २१ वर्षीय रेडिएम लामिछानेको मृत्यु भएको हो । मंगलबार बेलुका वनस्थलीमा ना ४ ख १६७० नम्बरको ट्रिपरले बा ४७ प ८३१७ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालक घाइते भएका थिए । उनको पिपुल अस्पताल नयाँबजारमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न दुवै सवारी साधन र ट्रिपर चालकलाई महानगरीय प्रहरी वृत्त बालाजुले नियन्त्रणमा लिएको छ ।

road accident

विशेष