विदेश

१७ जना युवतीसँग सम्बन्धमा रहेका यी आतंककारीलाई आफ्नै प्रेमिकाले यसरी फसाइन्

१७ जना युवतीसँग सम्बन्धमा रहेका यी आतंककारीलाई आफ्नै प्रेमिकाले यसरी फसाइन्

एजेन्सी । जम्मु कश्मिरको बारामुलामा सेनाले सोमबार भएको मुठभेडमा पाकिस्तानी सरकारले सात लाख इनाम राखेको एक आतंककारी र जैस ए मोहम्मद नामको आतंकवादी संगठनको कमाण्डर उमर खालिदलाई गोली हानी मारेको छ । उमर खालिद पछिल्लो साता बीएसएफ क्याम्पमा भएको हमलाका मास्टरमाइन्ड हुन् ।

सुरक्षा बललाई ती आतंककारीको ठेगानाको सूचना उनकी प्रेमिकाले दिएकी थिइन् । गर्भवती भएपछि ती प्रेमिकालाई उमरले छोडेका थिए । प्रेमिका यसैको बदला लिने पर्खाइमा थिइन् ।

सुरक्षा बललाई बारामुलामा ती आतंककारी घुसेको खबर मिलेपछि प्रहरी, सेना र कश्मिर प्रहरीले स्पेसल अप्रेसन ग्रुप लिएर खोजी गर्ने अभियान चलाएको थियो । त्यसबीच इलाकामा लुकेर बसेका आतंककारीले सुरक्षा बलमाथि गोली चलाउन सुरु गरिसकेका थिए । आतंककारी उमर खालिद पुलिसको मोस्ट वान्टेड सूचीमा थिए । उसमाथि सात लाखको इनाम घोषित गरिएको थियो । हालै उसले हंदवाडामा एक सुरक्षाकर्मी र उनकी सात वर्षीया छोरीमाथि पनि हमला गरेका थियो ।

सेना तथा प्रहरीको संयुक्त टोलीले सोमबार राति सोपियामा हिजबुलको ३ जना आतंककारीलाई मुठभेडमा मारेको थियो । तीनैजना आतंककारी स्थानीय थिए । उनीहरुको कब्जाबाट २ थान एके ४७ राइफल बराद गरिएको छ । प्रहरीले तीनैवटा शवलाई कब्जामा लिएको छ ।

प्रहरीको अनुसार, उमरको उक्त इलाकामा १७ जना युवतीसँग सम्बन्ध रहेको थियो । उनीहरुमध्येमा एकजना युवती गर्भवती भएकी छिन् । गर्भ रहेपछि उमरले साथ नदिएपछि ती युवतीको बेहाल भएको थियो । जसकारण युवतीले पञ्जाब पुगेर गर्भपतन गर्नुपरेको थियो । उमरसँग बदला लिनकै लागि प्रहरीलाई उनले सबै सूचना दिएकी थिइन् ।

 

विशेष