विदेश

अफगानिस्तानमा १८ आतंककारी मारिए

अफगानिस्तानमा १८ आतंककारी मारिए

अफगानिस्तानको उत्तरी प्रान्त बाल्खमा मङ्गलबार अफगान सेनाले गरेको हवाई कारबाहीमा परी कम्तीमा १८ आतंककारी मारिएका छन् । 

यस कारबाहीका क्रममा अरु १२ जना सशस्त्र हतियारधारी तालिबान घाइते भएका सो क्षेत्रका प्रहरी प्रवक्ता सयेद सर्वार हुसानीले जानकारी दिएका छन् । 

हवाई बलको सहयोगमा अफगान सुरक्षा बलले बाल्ख प्रान्तको चामताल जिल्लाको तालिबान लुकेर बसेका कैयौँ गाँउमा गरेको यस कारबाहीको क्रममा १८ विद्रोही मारिनुको साथै अन्य १२ जना घाइते भएका हुसानीले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका हुन् । 

हालसम्म प्रान्त जानकारीअनुसार यस कारबाहीका क्रममा सुरक्षाबलतर्फ भने कुनै हताहत भएको छैन । 

तालिवानी आतंककारी समूहले भने यस कारबाहीको विषयमा कुनै टिप्पणी गरेका छैनन् । बाल्खमा पनि पछिल्ला केही दिनयता तालिबानका हिंसात्मक क्रियाकलाप बढेको भन्दै सुरक्षा बलले निगरानी राख्न थालेको छ । 

विशेष