News

राप्ती नदी किनारमा पेट्रोलियम पदार्थको फेला

राप्ती नदी किनारमा पेट्रोलियम पदार्थको  फेला

काठमाडौं । राप्ती नदी किनारमा पेट्रोलियम पदार्थ रहेको पाइएको छ । नदी बगरमा निस्किएको पदार्थमा आगो बल्न थालेपछि खानी तथा भूगर्भ विभागले गरेको अध्ययनले पेट्रोलियम पदार्थ रहेको पुष्टि गरेको हो ।

गढवा गाउँपालिकाको झारवैरा, लमही नगरपालिकाको कोलही र लंगडीको बीचमा पर्ने दुबै किनारमा पेट्रोलियम रहेको देखिएको हो । विभागका उपमहानिर्देशक सुधीर रजौरसहितको टोलीले पेट्रोलियम भए-नभएको बारेमा अध्ययन गरेको थियो ।

स्थानीयले केही दिनअघि बगरमा ग्यास निस्किएको भन्दै विभागमा जानकारी गराएका थिए । विभागको टोलीले ग्यास निस्किएको क्षेत्रको स्थलगत अवलोकन गरेको जानकारी दिदैं यसको विस्तृत अध्ययनपछि मात्र कुन ग्यास हो भन्न सकिने उपमहानिर्देशक रजौरले बताए ।

अन्नपूर्ण पोस्ट

विशेष