News

ट्रकको ठक्करबाट ९ प्रहरी सहित १२ घाइते

ट्रकको ठक्करबाट ९ प्रहरी सहित १२ घाइते


काठमाडौं । ट्रकको ठक्करबाट प्रहरी भ्यानमा सवार प्रहरी सहायक निरीक्षकसहित ९ जना प्रहरी र ३ जना थुनुवा घाइते भएका छन् । घाइतेमध्य प्रहरी चालक गम्भीर छन् ।

पूर्वबाट पश्चिमतर्फ गइरहेको ट्रकले ठक्कर दिदा इलाका प्रहरी कार्यालय लहानको गाडी दुर्घटनामा परेको छ । सिरहा सदरमुकामबाट थुनुवा लिएर फर्किदै गरेको गोलबजारमा केही समयअघि दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएकाहरुको उदारका लागि गोलबजार, धनगढी र लहानबाट प्रहरी गएका छन् ।

घाइतेहरूलाई थप उपचारका लागि सुनसरीको धरानस्थित विपि कोइराला मेमोरियल अस्पताल पठाउने तयारी भएको लहान प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक चालक फरार रहेकोले उनको खोजी भइरहेको गोलबजारका प्रहरी निरीक्षक राजेन्द्र प्रसाद उपाध्यायले जानकारी दिए ।

घाइते प्रहरी तथा थुनुवाहरू

इलाका प्रहरी कार्यालय लहानमा कार्यरत

प्रहरी सहायक निरीक्षकहरु

धनराज खतिवडा

अनुप नारयाण झा

 हवल्दार

शम्भु कार्की

महेन्द्र खत्वे चालक,

प्रहरी जवान

सन्तोष निरौला

रमेश राई

प्रमोद चौधरी

भगवान लाल माझी

घाइते थुनुवा
विकाश भट्टराई
प्रमोद कुमार यादव
राकेश यादव

ट्रक सह–चालक

राजेश चौधरी

विशेष