विदेश

अमेरिकामा भीषण आगलागी, दुई सय नेपालीको बिचल्ली

अमेरिकामा भीषण आगलागी, दुई सय नेपालीको बिचल्ली

काठमाडौं । अमेरिकाको क्यालिफोर्नियाको जंगलमा भीषण डँढेलो लाग्दा दश जनाको मृत्यु भएको छ ।

डँढेलोसँगै तीब्र गतिमा आएको हावाको बेगका कारण आगो नजिकैको बस्तीसम्म फैलिएको अमेरिकी अधिकारीहरुले जनाएका छन् । वाइन बनाउन प्रयोग गरिएको क्षेत्रको छेउमा रहेको जंगलमा आगलागीपछी थुप्रै मानिस सम्पर्कविहीन भएका छन् । डँढेलो फैलिएपछी जंगल आसपासको क्षेक नापा, सोनोमा र युवाका २० हजार मानिसलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।

डँढेलोबाट थुप्रैं घर जलेर ध्वस्त भएका छन् । घरमा फसेका थुप्रैलाई हेलिकप्टरबाट उद्धार गरिएको छ । आगो नियन्त्रणका लागि सयौंको संख्यामा अग्नी नियन्त्रक परिचालन गरिएको छ भने हेलिकप्टर र दमकलले पानी हालिरहेका छन् ।  उक्त स्थानमा २ सय नेपाली पनि रहेको अमेरिका निवासी नेपालीले बताएका छन् ।

विशेष