News

रहेनन् जगदीश शम्शेर

रहेनन् जगदीश शम्शेर

काठमाडौं । नेपाली कांग्रेसका पूर्व सांसद जगदीश शम्शेर जवराको निधन भएको छ ।

८८ वर्षीय जगदीश शम्शेर जवराको सोमबार भारतको चण्डीगढमा उपचारका क्रममा निधन भएको कांग्रेस स्रोतले जनाएको छ । काठमाडौँको बबरमहलमा जन्मिएका राणाले गोरखा परिषद्बाट आफ्नो राजनीतिक जीवनयात्रा शुरु गर्नु गरेका थिए । विसं २०१५ को आम निर्वाचनमा उनी अछामबाट प्रतिनिधिसभाका लागि उम्मेदवार भएका थिए ।

गोरखा परिषदको केन्द्रीय प्रचार विभाग प्रमुखको जिम्मेवारी समेत सम्हालेका राणा विसं २०१७ सालको कू पछि गोरखा परिषद्का सबै नेताहरुका साथ नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।

२०४६ सालको आन्दोलन पछि विसं २०५० मा उनी नेपाली कांग्रेसको तर्फबाट राष्ट्रिय सभाको सदस्य भएका थिए । राणा साहित्यिक क्षेत्रमा समेत सक्रिय थिए । उनको साहित्यिक कृति ‘नरसिंह अवतार’ चर्चित कृतिका रुपमा रहेको छ । उनी मदन पुरस्कारबाट समेत सम्मानीत भएका छन् । राणाले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।

विशेष